काठमाण्डौ । केही न केही समस्या देखिदै आएको धितोपत्र बजारमा आज फेरी समस्या देखिदा केही समय कारोवार नै स्थगित भएको छ । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार नेप्से कारोबार व्यवस्थापन प्रणालीमा केही प्राविधिक समस्या आउँदा कारोवार केही समय स्थगित गर्नुपरेको हो । यस अगाडि पनि कारोबार प्रणालीमा समस्या आउँदा कारोवार प्रभावित हुँदै अएको थियो ।


