असोज ०४, काठमाण्डौ ।
नेपालमा पछिल्लो २४ घण्टामा १३ सय २५ जनामा संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा ९ हजार ५८४ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो । यससँगै कुल संक्रमितको संख्या ६४ हजार १२२ पुगेको छ ।
प्रवक्ता गौतमका अनुसार २४ घण्टामा ९६६ जना कोरोना जितेर डिस्चार्ज भएका छन्। योसँगै कुल डिस्चार्ज हुनेको संख्या ४६ हजार २३३ पुगेको छ ।


