Banijya News

स्याङ्जामा पहिरोमा पुरिएर एक युवकको मृत्यु

1
1.0K Shares

असोज ८, काठमाडौं ।
स्याङ्जामा बिहीबार पहिरोमा पुरिएर एक युवकको  मृत्यु भएको छ । मृत्यु हुनेमा कालीगण्डकी गाउँपालिका ४ बिर्घास्थित गौतमटोलका बाबुराम दमाइका १८ वर्षीय छोरा विष्णु परियार रहेको स्थानीय नेकपाका वडाध्यक्ष विष्णुप्रसाद पाण्डेले बताए ।

अबिरल बर्षासंगै गएराति २ बजे घर माथिबाट पहिरो खस्दा घरमा सुतिरहेका उनको घटनास्थलमै मृत्यु भएको हो । माथिबाट मेसिनरी पर्खाल सहित झरेको पहिरोले बाबुरामको घर र उनका दाइ जगतबहादुर दमाईको घर समेत भत्किएको छ ।

दुईवटा घर पूर्णरूपमा क्षति भएको बताइएको छ । घरमा सुतिरहेका परिवारका अन्य सदस्य भने सकुशल रहेका छन । अहिले प्रहरी, स्थानीय उद्दारकार्यमा जुटिरहेका छन् । घटनाबारे थप विवरण आउन बाँकी छ ।

1

Scroll to Top