०८ असोज, काठमाण्डौ ।
आज पनि सुनको मूल्यमा गिरावट आएको छ । आज तोलामा एक हजार २ सय रुपैयाँ घटेर सुनको भाउ तोलाको ९३ हजार एक सय रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
बुधबारको तुलनामा बिहीबार छापावाल सुनको मूल्य तोलामा १२०० ले घटेको हो ।
यस्तै तेजवी सुन तोलामा ९२ हजार ६०० रुपैयाँमा कारोबार भएको छ । यस्तै चाँदी आज तोलामा ७० रुपैयाँ घटेको छ । चाँदी आज तोलाको ११२० रुपैयाँमा झरेको छ ।


