Banijya News

आगामी असोज १५ पछि देशैभर सुपथ मूल्य पसल सञ्चालनमा आउने

1
1.0K Shares


०८ असोज, काठमाण्डौ ।


आगामी असोज १५ गतेपछि देशैभर चाडपर्व लक्षित सुपथ मूल्य पसल सञ्चालनमा आउने भएको छ । कोरोनाको जोखिम कायमै रहे पनि चाडपर्व नजिकिएसँगै उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले यहि असोज १५ गते देखि दशैं तिहार लक्षित सुपथ मूल्य पसल सञ्चालन गर्ने तयारी गरेको हो ।


यस्ता पसलहरू के कति ठाउँमा सञ्चालन गर्ने, कहाँ र कसरी राख्ने, पसल सञ्चालनको मापदण्ड के हुने, कहिलेसम्म सञ्चालन गर्ने लगायतकासम्बन्धमा अहिले मन्त्रालयमा छलफल भइरहेको वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएके छ ।


साथै, यस वर्ष पनि विगतका वर्षमा जस्तै घटस्थापना सुरु हुनुभन्दा १५ दिन अघि बाटै सुपथ मूल्य पसल सञ्चालन गर्ने तयारीमा जुटेको वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएके छ ।
साल्ट ट्रेडिङ कर्पोरेसनले पनि सुपथ मूल्य पसल सञ्चालनका लागि तयारी भइरहेको जनाएको छ ।
विगतमा साल्ट्र ट्रेडिड कर्पोरेशन, खाद्य व्यवस्था तथा व्यापार कम्पनी र दुग्ध विकास संस्थानले सुपथ मूल्य पसल सञ्चालन गर्दै आएका थिए ।


यस वर्ष कोरोनाका कारण भिडभाँड कम गर्न यी तिनै संस्थाले दिने सेवाहरूलाई मर्ज गरी सबै संस्थानका वस्तु एउटै पसलमा राख्ने व्यवस्थापन मिलाएर पसल सञ्चालनमा ल्याउने तयारी भइरहेको मन्त्रालयले जनाएको छ ।
सुपथ मूल्य पसल बिहान १० बजेदेखि सञ्चालनमा रहनेछ ।

1

Scroll to Top