Banijya News

प्याज प्रतिकेजी ६० मा खाद्यले विक्री गर्ने

1
1.0K Shares

काठमाडौं, असोज ९ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले आफ्नो थापाथली बिक्रीकक्षबाट प्रतिकेजी रु ६० मा प्याज सर्वसाधारणलाई बिक्री–वितरण गर्न सुरुआत गरेको छ ।

सरकारले बजार अनुगमनकाक्रममा बढी मूल्य लिइ बिक्री गर्न लागेका प्याजलाई जफत गरी सर्वसाधारणलाई सो कक्षबाट प्याज बिक्री गर्न थालेको हो ।

काठमाडौं जिल्लाका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको थापाथली बिक्रीकक्षबाट सर्वसाधारणलाई प्रतिकेजी रु ६० मा प्याज उपलब्ध गराउँदै आएको जानकारी दिनुभयो ।

उहाँकाअनुसार बजार अनुगमनकाक्रममा १४ हजार ६०० केजी प्याज सरकारले नियन्त्रणमा लिएको छ । ‘हामीले प्याजको चर्को मूल्यमा बेच्ने व्यापारीबाट प्याज नियन्त्रणमा लिएर आफैं बेच्न थालेको हौं ‘(उहाँले भन्नुभयो(‘एकजनालाई तीन किलोसम्म दिन थालेको छौं ।’

उहाँकाअनुसार रु ५२ राजस्व र रु ८ खाद्य कम्पनीको खातामा जम्मा गरिनेछ । केही दिनअघि उपत्यकामा प्याजको मूल्य रु १२० सम्म पुगेको बताइएको छ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले बजार अनुगमनसमेत गर्नुभएको थियो ।

प्रजिअ दाहालले प्याजजस्तै चिनीलगायत अन्य खाद्यान्नमा कृत्रिम अभाव सिर्जना गरेर बजार मूल्यभन्दा बढीमा बिक्री गरेको पाइएमा हस्तक्षेप गरी आफैं बिक्री गर्ने जानकारी दिनुभयो ।

1

Scroll to Top