जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले विशेष साधारण सभा गर्ने भएको छ । गत साउन २८ गते बसेको संस्थाको सञ्चालक समितिको बैठकले यही भदौ १४ गते विशेष साधारण सभा आयोजना गर्ने निर्णय गरेको हो ।
मोरङको कटहरीमा रहेको संस्थाको केन्द्रीय कार्यालयमा आयोजना हुने उक्त सभामा जीवन विकास लघुवित्त वित्तीय संस्था, युनिक नेपाल लघुवित्त वित्तीय संस्था र मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेडबीचको मर्जर प्रस्ताव पारित गर्नेछ । यस क्रममा यी तीन संस्थाको सम्पत्ति, दायित्व तथा कारोबारको पुनः समायोजित मूल्यांकन प्रतिवेदनको आधारमा सञ्चालक समितिले आधार नेटवर्थमा पुनः समायोजन गरेको प्रतिशत बमोजिम सेयर आदान प्रदान अनुपात सहित गाभ्ने/गाभिने सम्बन्धी सञ्चालक समितिको प्रस्ताव पारित गरिनेछ ।
विशेष साधारण सभा प्रयोजनका लागि संस्थाले भदौ ५ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ ।


