Banijya News

कोरोना संक्रमणका कारण ३२ मुलुकबाट ८१ हजार बढी नेपाली स्वदेश फर्किए

1
1.0K Shares

काठमाडौं । विश्वमा नै कोरोना संक्रमणबाट प्रभाबित भएको समय विदेशबाट अलपत्र भएका नेपाली फर्कने क्रम समेत चलिरहेको छ । यसरी अलपत्र हुने नेपाली फर्कने क्रम पनि बढेर गएको छ । कोरोना संक्रमण बढेसँगै विभिन्न ३२ मुलुकबाट ८१ हजार बढी नेपाली स्वदेश फर्किएका छन् । कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) का अनुसार सोमबारसम्मको अध्यावधिक तथ्यांकअनुसार कोरोनाका कारण उडान प्रभावित भएयता उद्धार र नियमित उडानमार्फत ८१ हजार २९६ नेपाली नेपाल स्वदेश फर्किएका छन् ।

स्वदेश फर्किएका मध्ये प्रदेश १ का १४ हजार ७५३ जना रहेका छन् भने प्रदेश २ का १२ हजार १५३, बागमतीका १८ हजार ३१०, गण्डकीका ९ हजार ८१ रहँदा प्रदेश ५ का ११ हजार ६९७, कर्णाली प्रदेशका १ हजार ५३७ र सुदूरपश्चिम प्रदेशका १ हजार ७५१ जना रहेका छन् । यस्तै प्रदेश नखुलाइएका १२ हजार १४ जना रहेको पनि सीसीएमसीको तथ्यांकमा उल्लेख छ ।

1

Scroll to Top