विराटनगर, १४ असोज । कोशी अस्पताल कोभिड—१९ उपचार केन्द्र विराटनगरमा मोरङको जहदा गाँउपालिका ६ का ६३ वर्षीय पुरुषकोे उपचारको क्रममा वुधवार विहान मृत्यु भएको छ । भेन्टिलेटरमा राखेर उपचार गरिरहेको क्रममा उनको वुधवार विहान ४ बजे मृत्यु भएको कोभिड उपचार केन्द्रका संयोजक डा.दिपक सिग्देलले जाकारी दिए ।
असोज ४ गते कोरोना संक्रमण पुष्टि भएका उनको कोभिड उपचार केन्द्र विराटनगरमा भर्ना गरिएको थियो । उनलाई सासफेर्ने समस्या भए पछि अस्पताल भर्ना गरिको थियो पुरानो रोग सुगर उच्च रक्तचाप भएको थियो ।
स्वास्थ्यमा समस्या आएपछि उनलाई ५ गते देखि भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो । प्रदेश १ मा यो संगै ६८ जनाको मृत्यु भएको छ भने १३ जना बाहरिका रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।


