Banijya News

अवैध निकासी हुन लागेको २ करोड ६० लाख रुपैयाँ बराबरको हरियो केराउ बरामद

1
1.0K Shares

असोज १४, काठमाडौं ।
वीरगञ्जस्थित नेपाल भारत सीमा क्षेत्रबाट अवैध निकासी हुन लागेको २ करोड ६० लाख रुपैयाँ बराबरको हरियो केराउ बरामद गरिएको छ । वीरगञ्ज महानगरपालिका १६ इनरवास्थित नेपाल–भारत सीमा नजिकै गोदाममा स्टोर गरी राखिएको अवस्थामा ६ हजार ५ सय बोरा हरियो केराउ बरामद गरिएको हो ।

प्रदेश नं २ प्रदेश प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालय पर्साको संयुक्त टोलीले बुधबार गोदाममा स्टोर गरी राखेको प्रतिबोरा पचास किलोको दरले ३ लाख २५ हजार किलो हरियो केराउ बरामद गरेको हो ।

बरामद केराउको अन्दाजी बजार मूल्य २ करोड ६० लाख रुपैयाँ रहेको र सो केराउ भारततर्फ तस्करी गर्ने उद्देश्यले गोदाममा जम्मा गरी राखेको २ नं. प्रदेश प्रहरी कार्यालयका प्रमुख डिआइजी धिरजप्रताप सिंहले बताए ।

तस्करी गर्ने उद्देश्यले लुकाएर राखिएको केराउ बरामद भएपछि उक्त कम्पनीका म्यानेजर प्रभात श्रेष्ठ र ना.६त ८७१० नम्बरको ट्याक्टरलाई समेत नियन्त्रणमा लिएर थप अनुसन्धान थालिएको उनले बताए ।

1

Scroll to Top