असोज १५, काठमाडौं ।
रौतहटमा एक किशोरीको हत्या भएको छ । वृन्दावन नगरपालिका ४ मामाघरमा रहँदै आएकी १६ वर्षीया किशोरीको उखु बारीमा शंकास्पद अवस्थामा शुक्रवार साँझ शव फेला परेको हो ।
गढिमाई नगरपालिका –१ निबासी समनपुर निबासी किशोरीको घाँटी थिचेर हत्या गरेको अवस्थामा शव फेला परेको प्रहरीले जनाएको छ । बिहान १० बजेतिर घरबाट घाँस काट्न गएकी सीताराम साहकी १६ वर्षीया छोरी अबेरसम्म घर नफर्केपछि खोजतलास गरिएको थियो ।
खोजतलासको क्रममा गाउँदेखि पूर्व रहेको नहर नजिकैको उखु बारीमा घाँटी थिचेर हत्या गरिएको शंकास्पद अवस्थामा उनको शव फेला परेको हो । उक्त घटनाको विषयमा प्रहरीले अनुसन्धान शुरु गरिसकेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।


