असोज १८, काठमाडौं ।
साताको पहिलो दिन आइतबार नेपाली बजारमा सुनको मूल्यमा मूल्यम सामान्य वृद्धि भएको छ । आज सुनको मूल्य आज २ सय रुपैयाँले बढेको हो ।
शुक्रबार तोलामा ९४ हजार ३ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आइतबार २ सय रुपैयाँले बढेर ९४ हजार ५ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यावसायी महासंघले जनाएको छ ।
यस्तै तेजावी सुन तोलामा ९४ हजार रुपैयाँमा कारोबार भएको छ । आइतबार चाँदीको मूल्य पनि रु ५ बढेर तोलामा १ हजार १ सय ८० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ


