Banijya News

सुनको मूल्यमा तोलाको ४०० ले गिरावट

1
1.0K Shares

१९ असोज, काठमाण्डौ ।


आज नेपाली बजारमा सुनको मूल्यमा तोलाको ४०० ले गिरावट आएको छ । सुनको मूल्य साताको पहिलो दिन हिजो प्रतितोला २ सय रुपियाँ बढेको थियो ।
आइतबार सुनको मूल्य तोलामा ९४ हजार ५ सयमा कारोबार भएको थियो भने आज तोलामा ४ सयले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आजका लागि छापावाल सुनको मूल्य प्रतितोला ९४ हजार १ सय रुपियाँ कायम भएको छ ।
त्यस्तै, तेजावी सुनको मूल्य प्रतितोला ९३ हजार ६ सय रुपिया कायम भएको छ ।
त्यसैगरी चाँदीको मूल्य प्रतितोला ११८० रहेको महासंघले जनाएको छ ।

1

Scroll to Top