Banijya News

प्रदेश नम्बर ५ को स्थायी राजधानी दाङको भालुवाङ बनाउने प्रस्ताव दुई तिहाइ मतले पारित

1
1.0K Shares

असोज २०, काठमाडौं ।

 प्रदेश ५ को स्थायी राजधानी दाङको भालुवाङमा राख्ने प्रस्ताव दुई तिहाइ मतले पारित भएको छ। प्रदेशसभामा मंगलबार भएको मतदानमा कुल खसेको ८२ मध्ये ६९ मत राजधानी दाङको भालुवाङमा राख्ने प्रस्तावको पक्षमा खसेको हो।

गत शुक्रबार प्रदेश नम्बर ५ सरकारले प्रदेश नम्बर ५ को स्थायी राजधानी दाङको भालुवाङ र प्रदेशको नाम लुम्बिनी राख्ने प्रस्ताव पेश गरेको थियो । प्रदेश सभा ८७ जनामध्ये ८२ जनाले मतदान गरेका थिए।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का सांसदलाई पक्षमा मतदानका लागि ह्वीप जारी गरिएको थियो भने कांग्रेसले पनि विपक्षमा मतदान गर्नका लागि ह्वीप जारी गरेको थियो।

1

Scroll to Top