Banijya News

सानिमा जनरलको आइपीओ बिक्री खुला

1
1.0K Shares

काठमाडौं । सानिमा जनरल इन्स्योरेन्स कम्पनीले आजबाट आइपीओ बिक्री खुला गरेको छ । कम्पनीले प्रतिकित्ता एक सय रुपैयाँ अंकित दरमा ३० करोड रुपैयाँ बराबरको ३० लाख कित्ता आइपीओ निष्काशन गरेको छ ।
कम्पनीले एक लाख २० हजार कित्ता कम्पनीका कर्मचारीलाई र एक लाख ५० हजार कित्ता म्युचुअल फण्डहरूलाई छुट्याईएर बाँकी २७ लाख ३० हजार कित्ता भने सर्वसाधारणको लागि निष्कासन गरेको हो । जसमा न्युनतम १० कित्तादेखि अधिकतम एक हजार कित्तासम्म आवेदन गर्न पाइनेछ ।
छिटोमा २५ गते र ढिलोमा कार्तिक ६ गते निष्काशन बन्द हुने बिक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल लिमिटेडले जनाएको छ । सानिमाको चुक्ता पुँजी हाल ७० करोड रुपैयाँ छ । यो आइपीओलाई केयर रेटिङ नेपालले मध्यम अवस्था  अर्थात औसत जोखिम जनाउने केयर एनपीबीबी प्लस’ रेटिङ प्रदान गरेको छ । आइपीओपछि चुक्ता पुँजी १ अर्ब रुपैयाँ पुग्नेछ । निर्जीवन बिमा कम्पनीहरुको न्यूनतम चुक्ता पुँजी १ अर्ब रुपैयाँ हुनुपर्ने प्रावधान छ । 

1

Scroll to Top