Banijya News

स्वरोजगार र जनकपुर लघुवित्तको एकीकृत कारोबार सुरु

1
1.0K Shares

असोज २५, काठमाडौं ।
स्वरोजगार लघुवित्त वित्तीय संस्था र जनकपुर लघुवित्त वित्तीय संस्थाले आजदेखि  एकीकृत कारोबार शुरु गर्ने भएका छन् । दुवै कम्पनीको साउन १० गते सम्पन्न विशेष साधारण सभाले प्राप्ति सम्बन्धी प्रस्ताव पारित गरेका थिए ।

दुवै कम्पनीलाई एकीकृत कारोबार गर्न नेपाल राष्ट्र बैंकले असोज २ गते र कम्पनी रजिष्ट्रार कार्यालयले असोज १९ गते अन्तिम स्वीकृति पाएका हुन् । दुवै एक भएपछि अब स्वरोजगार लघुवित्तको नामबाट एकीकृत कारोबार सुरु हुन लागेको हो ।

दुवै कम्पनी एक भएपछि जनकपुरका सेयरधनीले आफ्नो १०० कित्ता सेयर बराबर स्वरोजगारकोे ७० कित्ता सेयर पाउनेछन् । प्राप्ति पश्चात कम्पनीको केन्द्रीय कार्यालय बनेपामा रहनेछ ।

1

Scroll to Top