Banijya News

महालक्ष्मी विकास बैंकले असोज मसान्तभित्र ब्याज भुक्तानी गर्ने ग्राहकलाई १० प्रतिशत छुट दिने

1
1.0K Shares

असोज २७, काठमाडौं ।
महालक्ष्मी विकास बैंकले असोज मसान्तभित्र भुक्तानी गर्नुपर्ने ब्याज भुक्तानी गरेमा ब्याजमा १० प्रतिशत छुट दिने भएको छ ।

बैंकले कोरोना भाइरसका कारणले उत्पन्न असहज परिस्थितिमा बैंकबाट कर्जा सुविधा लिएका ग्राहकहरुलाई राहत पु¥याउने उद्देश्यले ऋणिहरुले असोज मसान्त भित्र तिनुपर्ने व्याज भुक्तानी गरेमा भुक्तानी भएको व्याज रकममा १० प्रतिशत छुट प्रदान गर्ने निर्णय गरेको हो ।

उक्त छुट असोज मसान्तभर मात्रै प्रदान हसने बैंकले जनाएको छ । ग्राहकहरुले यस विषम परिस्थितिमा पनि कर्जाको किस्ता र ब्याज भुक्तानी गरेर देखाएको इमान्दारीताको कदर गर्दै बैंकले केही कर्जाहरुमा व्याजदर समेत घटाएको जनाएको छ ।

बैंकले देशका विभिन्न स्थानहरुमा १ सय २ वटा शाखा तथा ३४ वटा एटिएमहरुमार्फत आफ्ना करिब ५ लाख भन्दा बढी ग्राहकहरुलाई सेवा प्रदान गर्दै आएको छ ।

1

Scroll to Top