असोज २८, काठमाडौं ।
बागमती प्रदेशको दुग्ध विकास बोर्डको उपाध्यक्षमा टिकाबल्भब सापकोटालाई नियुक्त गरिएको छ । मुख्यमन्त्री डोरमणि पौडेलको अध्यक्षतामा मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले ४ वर्षका लागि काभ्रेका सापकोटालाई उपाध्यक्षमा नियुक्त गरेको हो ।
बैठकले प्रदेश सुशासन नियमावली २०७७ स्वीकृत गर्ने निर्णय गरेको प्रदेश सरकारका प्रवक्ता आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुंगेलले जानकारी दिए।
यस्तै उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयमा अस्थायी दरबन्दी स्वीकृत र भैँसे भीमफेदी सडक आयोजनालाई राष्ट्रिय प्राथमिकता प्राप्त आयोजनाका रूपमा निर्धारण गर्न केन्द्र सरकारलाई सिफारिस गर्ने निर्णय गरिएको छ ।


