Banijya News

बुटवल र विराटनगरमा थप दुई जना कारोना संक्रमितको मृत्यु

1
1.0K Shares

असोज २८, काठमाडौं ।
कोरोना भाइरस संक्रमणबाट रुपन्देहीको बुटवल र मोरङको विराटनगरमा थप दुई जनाको मृत्यु भएको छ । नवलपरासी पश्चिमका एक कोरोना संक्रमित वृद्धको बुटवलमा उपचारका क्रममा मृत्यु भएको हो । मृत्यु हुनेमा सुनवल नगरपालिका–४ का ७७ वर्षीय पुरुष रहेका छन् ।

श्वास प्रश्वासमा समस्या आएपछि असोज २६ गते लुम्बिनी प्रादेशिक अस्पतालको इमर्जेन्सी वार्डमा भर्ना भएका उनको आज विहान २ बजे मृत्यु भएको अस्पतालका सूचना अधिकारी डा. विष्णु गौतमले बताए । मुटु रोगी ती वृद्धको असोज २७ गते कोरोना परीक्षण रिपोर्ट पोजेटिभ आएपछि आईसीयूमा राखेर उपचार थालिएको थियो ।


त्यस्तै मोरङको बूढीगंगा गाउँपालिकास्थित विराट शिक्षण अस्पतालमा उपचाररत कोरोना भाइरस संक्रमित एक जना पुरुषको मंगलबार राति मृत्यु भएको छ ।
बूढीगंगा–३ बाँसबारीका ६० वर्षीय संक्रमित पुरुषको राति १२ः२० बजेतिर मृत्यु भएको अस्पतालका आइसोलेसन इन्चार्ज सुनिल देवले बताए ।


उनका अनुसार कोरोना रिपोर्ट पोजिटिभ आएपछि वृद्धलाई असोज १५ गते उपचारका लागि अस्पतालको आइसोलेसनमा भर्ना गरिएको थियो । मृतकमा श्वासप्रश्वास र मृगौला सम्बन्धी पुरानै समस्या रहेको थियो ।

1

Scroll to Top