२८ असोज, काठमाण्डौ ।
नेपालमा बितेको २४ घण्टायता उपत्यकाका १४ सय ३ सहित थप २६ सय ३८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले देशभरमा थप २ हजार ६३८ जनामा कोरोना पुष्टि भएको बताए।
यो सहित नेपालमा कोरोना संक्रमितको कुल संख्या १ लाख १७ हजार ९९६ पुगेको छ। उनका अनुसार आज काठमाडौं उपत्यकामा मात्र बुधबार १४ सय ३ जनामा संक्रमण पुष्टि भएको छ। काठमाडौंमा ९९६, भक्तपुरमा १०२ र ललितपुरमा ३०५ जनामा संक्रमण पुष्टि भएको हो ।
उनका अनुसार आज देशभरमा सक्रिय संक्रमितको संख्या ३६ हजार ३६७ रहेको छ।
जसमध्ये १४ हजार ८१९ जना संस्थागत आइसोलेसनमा र २१ हजार ५४८ जना होम आइसोलेसनमा छन्। मन्त्रालयका अनुसार अहिले आईसीयूमा ३०५ र भेन्टिलेटरमा ७० बिरामी रहेका छन् । पछिल्लो २४ घण्टामा नेपालमा २ हजार १७४ जना कोरोना संक्रमणमुक्त भएर डिस्चार्ज भएका छन्। यो सँगै हालसम्म डिस्चार्ज हुनेको संख्या ८० हजार ९५४ पुगेको छ ।
त्यस्तै, नेपालमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट १२ जनाको मृत्यु भएको छ। योसहित नेपाल कोरोनाबाट मृत्यु हुनेको कुल संख्या ६७५ पुगेको छ।


