३० असोज, काठमाण्डौ ।
सानिमा जनरल इन्स्योरेन्स कम्पनीको आइपीओ शुक्रबार बाँडफाँट भएको छ। विहान विक्री प्रबन्धक एनआईसी एशिया क्यापिटलको कार्यालयमो बाँडफाँट भएको हो ।
आवेदकमध्ये २ लाख ७३ हजार जनाले १०र१० कित्ताको दरले सेयर पाएका छन् । अन्य ५ लाख ९० हजार ५४५ आवेदकहरुको हात खाली भएको छ ।
कम्पनीले सर्वसाधारणका लागि २७ लाख ३० हजार कित्ता सेयर बिक्री गरेको हो। उक्त सेयरमा ८ लाख ६६ हजार ९०५ जनाले आवेदन दिएकोमा ३ हजार ३ सय ६० जनाको आवेदन रद्द भएको क्यापिटलले जनाएको छ।
रितपूर्वक आवेदन दिने ८ लाख ६३ हजार ५४५ जना आवेदकहरु गोलाप्रथामा सहभागी भएका थिए ।


