असोज ३०, काठमाडौँ ।
सर्वोच्च अदालत कात्तिक १ देखि १५ गतेसम्म बन्द हुने भएको छ । शुक्रबार एक सूचना जारी गर्दै कात्तिक १ गते घटस्थापनाको दिनदेखि १५ गते कोजाग्रत पूर्णिमाको दिनसम्म अदालत बन्द रहने जानकारी गराइएको हो ।
अदालतमा नियमित सेवा बन्द हुने भए पनि बन्दीप्रत्यक्षीकरणका लागि भने अदालतहरु खुला रहने सर्वोच्चले जनाएको छ । न्याय प्रशासन ऐन २०७३ को दफा २६ अनुसार तीन दिनभन्दा बढी अदालत बन्द हुने भएमा बन्दीप्रत्यक्षीकरणका लागि अदालत खुला राख्नुपर्ने व्यवस्था छ ।
जसअनुसार शनिबार र दशैंको टिकाको दिनबाहेक अरु दिन बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म अदालत बन्दीप्रत्यक्षीकरण रिटमा सुनुवाइका लागि भने खुला रहने बताइएको छ ।


