कात्तिक १, काठमाडौं
माछापुच्छ्रे बैंकको मिति शुक्रवार बसेको संचालक समितिको बैठकले बैंकको २२ औं बार्षिक साधारण सभा स्थगित गरेको छ । बैंकको २२ औं साधारण सभा मिति २०७७ कार्तिक ६ गते बिहीबारका दिन होटेल पोखरा ग्राण्ड, पार्दि, पोखरा, कास्कीमा गर्ने तय भएको थियो ।
कोभिड कहरको संक्रमणमा भईरहेको बृद्धि तथा आसन्न चाडपर्वको कारण शेयरधनीहरूलाई साधारण सभामा भाग लिन कठिनाई हुने परिस्थितीलाई ध्यानमा राखी उक्त साधारण सभा हाललाई स्थगित गरिएको हो ।
साथै, उक्त बार्षिक साधारण सभा स्थगित हुँदा कोभिड कहरको कारण आम सेयरधनीहरुलाई परेको आर्थिक प्रभाव एवं आसन्न चाडपर्व समेतलाई मध्यनजर गरी पछि वस्ने बैंकको बाईसौं बार्षिक साधारण सभाबाट स्थगित गरेको हो । सधारण सभा स्थागित गरेपनि पछि अनुमोदन गराउने गरी हाललाई रु. २४,१०,८०,६६०.२५ (अर्थात चुक्ता पूँजीको २.८५ प्रतिशतका दरले) अन्तरिम नगद लाभांश वितरण गर्न नेपाल राष्ट्र बैंकमा स्वीकृतिको लागि पेश गर्ने निर्णय पनि बैंकले गरेको छ ।
बैंकले शेयरधनीलाई आर्थिक बर्ष २०७६÷७७ को मुनाफाबाट रु.२८,५०,६४,७४४.०० अर्थात चुक्ता पूँजीको ३.३७ प्रतिशतका दरले नगद लाभांश दिने भएको छ । त्यस्तै, .५९,४६,१६,९३१.०० अर्थात चुक्तापूँजीको ७.०३ प्रतिशत बराबरको बोनस सेयर वार्षिक साधारण सभाबाट पारित गरी वितरण गर्ने प्रस्ताव गरेको हो ।


