Banijya News

पछिल्लो २४ घण्टामा कोभिड १९ संक्रमणबाट थप १२ जनाको मृत्यु, पुग्यो मृत्युहुनेको संख्या ७२७ जना

1
1.1K Shares

पछिल्लो २४ घण्टामा कोभिड १९ संक्रमणबाट थप १२ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा १२ को मृृत्यु भएको बताएका छन् । उनका अनुसार आज भएको संक्रमित सहित ७ सय २७ जनाको मृत्यु भइसकेको मन्त्रालयले जानकारी दिएको छ।

पछिल्लो २४ घण्टायता नेपालमा थप ३१६७ जनामा कोरोना संक्रमण देखिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा देशभरमा थप ३ हजार १६७ जनामा कोरोना पुष्टि भएको बताए। यससँगै नेपालमा हालसम्म संक्रमित हुनेको संख्या १२९३०४ जना पुगेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज निको हुनेको संख्या १८०० जना छ। यससँगै हालसम्म संक्रमणबाट निको हुनेको संख्या ८९८४० जना पुगेको छ।

आजको पीसीआर १५४३८ रहेको छ। मुलुकमा हाल सक्रिय संक्रमितको संख्या ३८७३७ जना रहेको छ। त्यसमध्ये संस्थागत आइसोलेसनमा १३२९९ जना र होम आइसोलेसनमा २५४३८ जना रहेका छन्। हाल क्वारेन्टिनमा ४७१७ जना रहेका छन्। आईसीयूमा २९० र भेन्टिलेटरमा ६६ जनाको उपचार भइरहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। 

काठमाडौँ उपत्यकामा पछिल्लो २४ घण्टामा थप १ हजार ७४६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । उपत्यकाका तीन जिल्लामा थप १ हजार ७४६ जनामा कोरोना पुष्टि भएको बताए । प्रवक्ता गौतमले काठमाडौँमा १ हजार ४५१ भक्तपुरमा १४३ ललितपुरमा १५२ संक्रमित रहेको सम्मेलनमा बताए ।

1

Scroll to Top