Banijya News

सार्वजनिक यात्रामा अव फेस सिल्ड अनिवार्य लगाउनुपर्ने

1
1.1K Shares

काठमाडौं, २ कात्तिक । सरकारले सार्वजनिक यातायातमा यात्रा गर्दा अनिवार्य फेस सिल्ड लगाउनुपर्ने नियम बनाएको छ । यातायात व्यवस्था विभागले बस चढ्नुअघि यात्रुले फेस सिल्डको अनिवार्य लगाउनु पर्ने ब्यावस्था सहितको सूचना सार्वजनिक गरेको हो ।


यसरी फेस सिल्डको प्रयोग गर्दा संक्रमण जोखिम कम हुने विभागको विश्वास छ । यसअघि भने सार्वजनिक यातायातमा यात्रा गर्दा मास्कको मात्र प्रयोग गर्ने भनिएको थियो । विभागले यो नियम यथाशिघ्र कार्यान्वयन गर्न सर्वसाधरणलाई अपिल गरेको छ ।

सरकारले गत असोज २६ गतेदेखि सार्वजनिक यातायातको सबै सिटमा यात्रु राख्न अनुमति दिएपछि यात्रुबीच दूरी कायम नहुने भन्दै यात्रुले अनिवार्य फेससिल्ड लगाउनुपर्ने नियम बनाएको हो । असोज २६ पछि बसका सबै सिटमा यात्रु बस्न थालेका छन् । साथै, मास्क र स्यानीटाइजर पनि यात्रुले अनिवार्य लगाउनुपर्ने विभागले जनाएको छ ।

1

Scroll to Top