Banijya News

सुनको मूल्य स्थिर, चाँदीको बढ्यो

1
1.1K Shares

आज साताको पहिलो कारोबार दिन आइतबार सुनको मूल्य स्थिर रहेको छ । आज छापावाला सुनको मूल्य एक लाख ३९ हजार ३०० रुपैयाँमा रहेको छ । छापावाला सुन शुक्रबार पनि सोही भाउमा कारोबार भएको थियो ।

यस्तै, नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आइतबार तेजाबी सुन एक लाख ३८ हजार ६५० रुपैयाँमा करोबार भइरहेको छ।

आज चाँदीको मूल्य एक हजार ७४० रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार चाँदीको मूल्य प्रतितोला एक हजार ७२० रुपैयाँमा कारोबार भएको थियो । आज चाँदीको मूल्यमा भने सामान्य वृद्धि देखिएको हो ।

अन्तराष्ट्रिय बजारमा हुने कारोबारका आधारमा नेपालमा सुनचाँदीको मूल्य निर्धारण गर्ने गरिएको छ । अन्तराष्ट्रिय बजारमा आइतबार सुन प्रतिऔंस २ हजार ३९० दशमलव ८६ डलरमा कारोबार भइरहेको छ भने प्रतिऔंस चाँदी २८ दशमलव ६७ डलरमा कारोबार भइरहेको छ ।

1

Scroll to Top