Banijya News

घट्यो सुन–चाँदीको मूल्य, कतिमा हुँदैछ कारोवार ?

1
1.1K Shares

साताको पाँचौ दिन बुधवार नेपाली बजारमा सुन–चाँदीको मूल्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको तोलामा २०० रुपैयाँले घटेर प्रतितोलामा १ लाख १२ हजार ८०० रुपैयाँ र तेजाबी सुनको मूल्य तोलामा १ लाख १२ हजार २५० रुपैयाँ कायम भएको हो ।

मंगलवार छापावाल सुनको मूल्य तोलामा १ लाख १३ हजार रुपैयाँ र तेजाबी सुनको मूल्य तोलामा १ लाख १२ हजार ४५० रुपैयाँ थियो ।

सुनको मूल्य घटेको दिन आज चाँदीको मूल्य समेत घटेको छ । तोलामा ५ रुपैयाँले घटेसँगै चाँदीको मूल्य प्रतितोला १४ सय ५ रुपैयाँ कायम छ ।

1

Scroll to Top