नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले सरकारले आगामी लगानी सम्मेलनअघि नै लगानी गर्न बाधा पर्ने नीति नियममा सुधार गर्न जरुरी रहेको बताएका छन् । शनिवार नेपाल हस्तकला महासंघको ४३ औं वार्षिक साधारण सभामा बोल्दै उनले यस्तो बताए । आगामी लगानी सम्मेलनअघि नै लगानी गर्नका लागि बाधा पर्ने नीति नियममा सुधार गर्न जरुरी रहेको बताए ।
अध्यक्ष ढकालले आन्तरिक उत्पादनलाई बढावा दिनुपर्ने हिसावको नीति सरकारले ल्याउनुपर्नेमा जोड दिए । उनले व्यवसायीहरुलाई प्रत्येक दुई÷दुई वर्षमा सिआईपी दिने गरेको भएपनि लविङ गर्न नै एक वर्षको समय जाने गरेको गुनासो गरे ।
उनले भने– ‘अहिले लगानी सम्मेलन जुन वैशाखमा आयोजना भइरहेको छ । त्यसमा एउटा कमिटी पनि गठन भएको छ । कतिपय हाम्रा नीतिगत समस्याहरुलाई कसरी हटाउने भनेर प्रत्येक हप्तामा दुई तीन वटा बैठक बसेर यसको काम पनि अघि बढेको छ । यसले आन्तरिक र वाह्य लगानीलाई मद्दत पुग्छ । सिआईपी पनि प्रत्येक पटक दुई दुई वर्षमा दिने सिस्टम छ तर त्यसको लागि एक वर्षसम्म लविङ नै गर्नुपर्छ । यो सिआईपी गरिदिनुहोस् भनेर हामीले पटक पटक भन्नुपरेको अवस्था छ ।’
उनले आफू जिल्लाका व्यवसायीहरुका कार्यक्रममा र वस्तुगत कार्यक्रमहरुमा जाँदा पनि व्यवसायीहरुले उद्योगी व्यवसायीको मर्यादाक्रम राख्नुपर्ने कुरा गम्भीर रुपमा उठाइरहेको बताए । उनले उत्कृष्ट व्यवसायी सम्मान (सिआईपी) का क्रममा पनि आफूहरुले धेरै असहज र कठिन परिस्थितिको सामना गर्नुपरेको भन्दै परिस्थिति सहज बनाइदिन उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठसँग आग्रह गरे । उनले व्यावसायीको सम्मानको लागि सामान्य नीति बनाएर लागू गर्न सकिने बताए । यस्तो नीति बनाउन सरकारी खर्च नहुने उनको भनाइ छ । उनले नेपालको अहिलेको आयात निर्यात भन्दा ९ गुणा बढी रहेकाले सरकारले निर्यात प्रवद्र्धन गर्नुपर्ने बताए ।
उनले भने– ‘यहाँ निजी क्षेत्रका साथीहरुको चाहे जिल्लामा जाऔँ, चाहे वस्तुगत कार्यक्रमहरुमा होस् । निजी क्षेत्रको मर्यादाक्रमको विषयमा गम्भीर रुपले कुरा उठेको छ । सरकारको पैसा खर्च नभइकन, धेरै व्यवसायहरुलाई इन्करेज गरेर उनीहरुको व्यवसायिक एक्टिभिटी बढाउनलाई हौसला प्रदान गर्न सकिन्छ भने त्यस्तो किसिमको चाहे मर्यादाक्रमको कुरा होस्, सिआईपीको कुरा गरौँ । सिआईपी पनि प्रत्येक पटक दुई दुई वर्षमा दिने सिस्टम छ तर त्यसको लागि एक वर्षसम्म लविङ नै गर्नुपर्छ । यो सिआईपी गरिदिनुहोस् भनेर हामीले पटक पटक भन्नुपरेको अवस्था छ । यस्ता समस्याहरु जहाँ नेपाल सरकारले खर्च नगरिकन निजी क्षेत्रलाई इन्करेज गर्ने हिसावका कुरा, चाहे मर्यादाक्रमको कुरा होस्, चाहे सिआईपीको कुरा होस् । चाहे अरु हौसला होस् यस्तो किसिमको चिज अघि बढाउँदा राम्रो हुन्छ ।’
कार्यक्रममा नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले निर्यातमा रहेको समस्याहरुलाई समाधान गर्न सरकारले पहल गर्नुपर्ने बताए । उनले एकद्वार सर्भिस छ भनेपनि हुने नगरेको गुनासो गरे । उनले छिटो भन्दा छिटो निर्यात प्रवद्र्धनका लागि अनलाइन गेटवे खोलेर सिधै उद्यमीले विदेशमा निर्यात हुने सामग्रीको रकम सिधा आफ्नै खातामा आउने सरकारी व्यवस्था गर्नुपर्ने बताए । उनले उत्कृष्ट व्यवसायी सम्मान (सिआईपी) का क्रममा पनि आफूहरुले धेरै असहज र कठिन परिस्थितिको सामना गर्नुपरेको भन्दै परिस्थिति सहज बनाइदिन उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठसँग आग्रह गरे ।
उनले भने– ‘हाम्रो निर्यातमा विभिन्न किसिमको समस्या छ । एकद्वार सर्भिस भन्छ, हुने गरेको छैन । छिटो भन्दा छिटो एक्सपोर्ट प्रमोसनका लागि हामीले अनलाइन गेटवे खोलेर सिधै उद्यमीले विदेशमा निर्यात हुने सानासाना रुपमा पनि निर्यात गर्नसक्ने र त्यसको डलर सिधा आफ्नै खातामा आउने सरकारी व्यवस्था हुनुपर्छ । यसमा राष्ट्र बैंकले सहज गर्नुपर्छ । हाम्रोमा निर्यात भन्दा आयात ९ गुणा बढी छ । निर्यात प्रवद्र्धन गर्नैपर्छ । जुन कच्चा पदार्थ निर्यातको लागि हुन्छ । त्यसलाई सिधै बिना विचौलिया जो निर्यात गर्छ, उसैले आयात गर्न पाउनुपर्ने व्यवस्था गर्नुपर्छ । विशेष गरी यो धातुकलाका सामग्रीहरु । यो व्यवस्था गर्दा निर्यात प्रवद्र्धन हुन्छ ।’
अध्यक्ष मल्लले नेपाली हस्तकलालाई सीपमुलक र विदेशी मुद्रा आर्जन गर्ने माध्यम बनाउनुपर्ने बताए । उनले निर्यात प्रवद्र्धनमा एकद्वारा प्रणालीको कमी रहेकाले त्यसलाई प्रभावकारी बनाउन आवश्यक रहेको बताए ।
ढकालले उद्योगी व्यवसायीहरुलाई राष्ट्रिय मर्यादाक्रममा समेट्न माग गरेका छन् ।


