राष्ट्रियसभा निर्वाचन, टीआरसी विधेयक लगायतका विषयमा छलफल गर्न सत्ता गठबन्धनमा आबद्ध दलहरूले बैठक बैठक आइतबार बिहान प्रधानमन्त्री निवासमा बस्ने तयारी गरेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बैठकको आह्वान गरेको उनको सचिवालयले जनाएको छ । बैठकमा राष्ट्रियसभा निर्वाचन, टीआरसी विधेयकसँगै समसामयिक राजनीतिक विषयमा पनि छलफल हुने जनाइएको छ ।
विशेषगरी बैठकमा गठबन्धनका राष्ट्रियसभा निर्वाचनमा गठबन्धनका उम्मेदवारलाई जिताउने रणनीतिबारे छलफल हुने बताइएको छ । अर्कोतिर सरकारले आगामी संसद् अधिवेशनबाट टीआरसी विधेयक पारित गर्ने तयारी गरिरहेको छ । यसअघि कानून, न्याय तथा मानवअधिकार समितिको बैठकमा टीआरसी विधेयकबारे छलफल भएको थियो । यस विधेयकबारे दफावार छलफल हुने क्रममा सहमति नजुटेका विषय प्रक्रियाबाट टुंगो लगाउनेबारे छलफल भएको हो ।


