Banijya News

आज नवौँ राष्ट्रिय योग दिवस मनाइँदै

1
1.0K Shares

नेपालमा आज योगको महत्वबारे सबैलाई बुझाउने उद्देश्यका साथ विभिन्न कार्यक्रम गरि  नवौं राष्ट्रिय योग दिवस मनाइँदै छ । पछिल्लो समय नेपालमा पनि वर्षेनी माघ १ गते राष्ट्रिय योग दिवस मनाउन थालिएको हो ।

नेपालमा यस वर्ष ‘गरौँ योग, रहौँ निरोग’ भन्ने नारसहित आज नवौँ राष्ट्रिय योग दिवस मनाउन लागिएको हो ।

नेपालीहरु पनि योग, ध्यान र प्रणायाममा विस्तारै आकर्षित हुन थालेका छन् । योग प्रशिक्षकका अनुसार शरीर स्वस्थ हुन मन स्वस्थ हुनु पर्छ, मन र शरीर दुवै स्वस्थ हुनका लागि योग अनिवार्य रहेको छ ।

नियमित योगाभ्यास गर्नाले शरीरमा ऊर्जाको सञ्चार हुने र स्फूर्ति पनि बढाउने भएकाले हिजोआज धेरै स्थानमा योग शिविर तथा योग कक्षा सञ्चालन हुन थालेका छन् ।

यसैबीच, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले योग दिवस मनाउन सबै पालिकाहरुलाई यसअघि नै पत्राचार गरिसकेको छ । योगले तनावमुक्त हुन र बाथ, दम, उच्च रक्तचाप, मोटोपनजस्ता दीर्घ रोगबाट बच्न सहयोग गर्ने विज्ञहरु बताउँछन् ।

 

1

Scroll to Top