Banijya News

घट्यो पेट्रोलियम पदार्थको मूल्य, कति पुग्र्यो नयाँ दर ?

1
1.0K Shares

नेपाल आयल निगमले शुक्रवार मध्य रातिदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । निगमले साँझ जारी गरेको प्रेस विज्ञप्तीमा उल्लेख भए अनुसार इण्डियन आयल कर्पोरेशनबाट आज चैत २ गते प्राप्त नयाँ खरिद मूल्य अनुसार पेट्रोल र डिजेलको मूल्यमा प्रति लिटर क्रमश १.२२ रुपैयाँ तथा डिजेल २.०६ रुपैयाँले ले घटेर आएकोले निगम सञ्चालक समितिको निर्णय अनुसार चैत ३ गते बिहान १२ः०१ बजेदेखि लागू हुने गरी साविकको खुद्रा बिक्री मूल्यमा पेट्रोल प्रति लिटर एक रुपैयाँ तथा डिजेल तथा मट्टितेल प्रति लिटर दुई रुपैयाँले घटाईएको हो ।

जसअनुसार काठमाडौँमा आइतबारदेखि पेट्रोलको मूल्य प्रतिलिटर १७१ र डिजेल तथा मट्टीतेलको १५८ रुपैयाँ पर्ने निगमले जारी गरेको निगमको विज्ञप्तिमा उल्लेख छ ।

आयल निगमले अन्तर्राष्ट्रिय बजारबाट आफैं कच्चा तेल खरिद गर्दैन । आइओसीबाट आफूलाई चाहिने सबै किसिमका प्रशोधित पेट्रोलियम पदार्थ खरिद गर्दै आएको छ । यसरी पेट्रोलियम किनेबापत् आइओसीले हरेक महिना पन्ध्र–पन्ध्र दिनमा आयल निगमलाई मूल्य पठाउँछ ।

आइओसीले पठाउने मूल्य उसले अन्तर्राष्ट्रिय बजारबाट किन्ने कच्चा तेलको लागतमा आधारित हुन्छ । लागत मूल्यमा आफ्नो प्रशोधन शुल्क लगायत खन्य खर्चहरू जोडेर आइओसीले नेपालको निम्ति बिक्री मूल्य तय गर्छ ।

त्यसपछि आयल निगमले पेट्रोलियम आयात गरेबापत् सरकारलाई तिर्नुपर्ने भन्सार लगायत महसुलहरू, आफ्नो प्रशासनिक खर्च, ढुवानी लागत र डिलर कमिसनसमेत जोडेर उपभोक्ता मूल्य तय गर्छ । यसरी हामीले किन्ने पेट्रोल, डिजेल, मट्टीतेल र खाना पकाउने एलपी ग्यासको मूल्य निर्धारण हुन्छ ।

यो प्रक्रियामा पेट्रोलियमको मूल्य तय हुने सबभन्दा ठूलो आधार भनेकै आइओसीले अन्तर्राष्ट्रिय बजारबाट किन्ने कच्चा तेलको दाम हो ।

pr-nigam-1710517762.jpg

1

Scroll to Top