Banijya News

रात्रिभोजमा नशाको तालमा दुर्व्यवहार गर्ने राष्ट्र बैंकका निर्देशक थानेश्वर आचार्यको जागिर चैट

1
1.0K Shares

नेपाल राष्ट्र बैंकले निर्देशक थानेश्वर आचार्यलाई मंगलबारदेखि लागू हुनेगरी बर्खास्त गरेको छ । वरिष्ठ डेपुटि गभर्नर डा. निलम ढुङ्गानालाई दुर्व्यवहार गर्ने आचार्यले पटक पटक अनुशासनहीन कार्य गरेपछि राष्ट्र बैंकले आचार्यलाई सेवाबाट नै हटाएको हो ।

आचार्यले गत पुस २७ गते केन्द्रीय बैंकका उच्च अधिकारीको स्ट्रेस म्यानेजमेन्ट कार्यक्रममा ढुङ्गाना माथि दुर्व्यवहार गरेका थिए । उने मादक पदार्थ सेवन गरी नशाको तालमा वरिष्ठ डेपुटि गभर्नर ढुङ्गानालाई जथानाम भन्नुका साथै पछाडिबाट अंगालो हाल्न खोजेका थिए । घटना बढ्दै जाँदा रात्रिभोजको समयमा निर्देशक आचार्यले आफूलाई पछाडिबाट अंगालो हालेर यौन दुर्व्यवहार गरेको भन्दै आचार्यविरुद्ध गर्भनर महाप्रसाद अधिकारीसमक्ष लिखित उजुरी परेको थियो । घटनामाथि छानबिन र दोषीमाथि कारबाही हुनुपर्ने मागको छानबिन हुँदा आचार्यले दुर्व्यवहार गरेको प्रमाणित भएपछि मंगलबारबाट उनलाई सेवाबाटै बर्खास्त गरिएको हो । निर्देशक आचार्य यसअघि पनि यस्तै विवादमा आइराख्ने पात्र भएकोले उनी बर्खास्त हुन पुगेका हुन् । उनलाई राष्ट्र बैंकको कर्मचारी सेवा विनियमावली,२०६८(तेस्रो संशोधन, २०७४ समेत मिलाइएको रूपमा) को विनियम १४५ को खण्ड (ख) को (१) बमोजिम भविष्यमा बैंकको सेवामा अयोग्य नठहरिने गरी सेवाबाट हटाइएको हो ।

केन्द्रीय बैंकको कर्मचारी विनियमावली अनुसार कुनै पनि कर्मचारीले महिला माथि दुर्व्यवहार गरेमा कार्यस्थलमा भएको दुर्व्यवहार सम्बन्धि आचारसंहिता र कर्मचारी विनियमावली अनुसार कारवाही हुन्छ । जाँचबुझ समितिले सबुद प्रमाण अध्ययन गरी उपयुक्त सजायको ठहर सहित प्रतिवेदन गभर्नर समक्ष पेश गर्नुपर्नेछ । त्यसपछि अनुशासनहीन कार्य गरेको प्रमाणित भएमा सेवाबाट नै हटाउन सकिने हुदा उनी वर्खास्तमा परेका हुन् ।

ढुङ्गानालाई गरेको दुर्व्यवहार लाई लिएर डेपुटि गभर्नर बम बहादुर मिश्र र कार्यकारी निर्देशक देवकुमार ढकालले आर्चायलाई संरक्षण गर्दै आएका थिए । मिश्र र ढकालले उल्टै ढुङ्गानालाई नै क्षति पुग्ने गरी सञ्चारमाध्यम प्रयोग गर्न थालेपछि ढुङ्गानाले आचार्यलाई कारबाही गर्न माग गरेका थिइन् । ढुङ्गानाले आचार्यलाई कारबाहीको माग मात्र नभई संरक्षण गर्ने उच्च अधिकारीहरुलाई पनि कारबाही हुनुपर्ने भन्दै केन्द्रीय बैंक मानव संशाधन विभाग, गभर्नर तथा सञ्चालक समितिमा समेत लिखित उजुरी दिएपछि आचार्यलाई कारबाही गर्ने प्रक्रिया अघि बढेको थियो ।

 

केन्द्रीय बैंकको मानव संशाधन विभागले ढुङगानाको उजुरी उपर आवश्यक अनुसन्धान गरेर कारबाही प्रक्रिया अघि बढाएको थियो । विभागले केन्द्रीय बैंकको कर्मचारी विनियमावली अनुसार मानव संसाधान विभागको जाँचबुझ समितिले आवश्यक अध्ययन तथा प्रमाण संकलन गरेर पुष्टि भएसंगै कारबाही गरेको हो । केन्द्रीय बैंकको टक्सार विभागको प्रमुखमा रहेका आचार्यलाई उक्त कारबाही प्रक्रिया सुरु भएपछि जिम्मेवारी बिहीन बनाइएको थियो । त्यसैगरी गभर्नर महाप्रसाद अधिकारीले दुइ पटकसम्म स्पष्टिकरण सोधेपछि मात्र पदमुक्तको कारबाही भएको हो । गर्भनर अधिकारीले आचार्यलाई कर्मचारी विनियमावलीले तोके भन्दा ७ दिन बढी समय दिई दोस्रो स्पष्टिकरण सोधेका थिए ।

1

Scroll to Top