नेपाल टेलिकमले गणतन्त्र दिवस २०८३ को अवसरमा प्रिपेड तथा पोस्टपेड मोबाइलका ग्राहकहरूलाई गणतन्त्र दिवस अफर २०८३ उपलब्ध गराएको छ ।
अफरअन्तर्गत न्यु इयर लाइट र न्यु इयर प्रिमियम गरी दुई प्रकारका प्याकेज उपलब्ध हुनेछन् । न्यु इयर लाइटअन्तर्गत ४९९ मा प्रतिदिन पाँच जीबी डाटा उपलब्ध हुनेछ र पाँच जीबीको लिमिट पूरा भए पछि पनि बाँकी समय दुई एमबीपीएस स्पिडमा अनलिमिटेड डाटा प्रयोग गर्न सकिने जनाइएको छ ।
त्यसैगरी न्यु इयर प्रिमियम अन्तर्गत ६९९ मा प्रतिदिन १० जीबी डाटा उपलब्ध हुनेछ र १० जीबीको लिमिट पूरा भए पछि पनि बाँकी समय ३ एमबीपीएस स्पिडमा अनलिमिटेड डाटा प्रयोग गर्न सकिने छ ।
दुवै प्याकेज चलाउन सकिने समयावधि ३० दिनको हुनेछ । जेठ १४ देखि जेठ १६ गतेसम्म अफरअन्तर्गतको प्याकेज खरिद गर्न सकिने छ । पोस्टपेड मोबाइल प्रयोगकर्ताहरूले लिएको प्याकेजको शुल्क मासिक रेन्टल चार्जमै समावेश हुनेछ ।
गणतन्त्र दिवस अफर २०८३ प्राप्त गर्नका लागि मोबाइलबाट जेठ १४ देखि १६ गतेसम्म ८१४१५८११३ डायल गर्न सकिने छ । त्यसैगरी नेपाल टेलिकम एपबाट समेत सो प्याकेज खरिद गर्न सकिने छ ।


