Banijya News

बजेटको महँगीले छोएन आईकौर भी–२३ लाई, पुरानै मूल्यमा किन्दा ३ लाख बचत

1
1.0K Shares

नयाँ बजेट भाषणसँगै करको दर परिवर्तन हुँदा नेपालमा विद्युतीय सवारी साधनको मूल्य बढिरहेका बेला आईकौर को आधिकारिक वितरक एसपीजी अटोमोबाइल्स प्रालिले ग्राहकहरूका लागि एउटा उत्साहजनक अफर ल्याएको छ। हाल बजारमा यसको आधिकारिक मूल्य रु. ५३ लाख ९९ हजार तोकिए पनि कम्पनीले सीमित स्टकका लागि बजेटअघिकै पुरानो मूल्य अर्थात् रु. ५० लाख ९९ हजारमै गाडी उपलब्ध गराउने घोषणा गरेको हो।

ग्राहकहरूबाट प्राप्त निकै राम्रो प्रतिक्रिया र उच्च मागलाई मध्यनजर गर्दै ल्याइएको यो विशेष योजनाबाट उपभोक्ताले सिधै ३ लाख रुपैयाँसम्मको ठुलो बचत गर्न सक्नेछन्। तर, यो अफर हाल मौज्दात रहेका गाडीहरूमा मात्र लागु हुने र स्टक सकिएपछि नयाँ बुकिङ तथा डेलिभरीहरू संशोधित (नयाँ) मूल्यमै हुने कम्पनीले स्पष्ट पारेको छ।

नेपाली अटो बजारमा छोटो समयमै बलियो पहिचान बनाउन सफल आईकौर भी–२३ लाई एक आधुनिक र जीवनशैलीमुखी विद्युतीय स्पोर्ट्स युटिलिटी भेहिकल  का रूपमा हेरिएको छ। विशेषगरी यसको सदाबहार ‘रेट्रो’ लुक्स र शक्तिशाली प्रविधिको फ्युजनले धेरैको ध्यान तानेको छ। प्राविधिक रूपमा यसमा ५९.९३ किलोवाट/घण्टा  क्षमताको बलियो ब्याट्री प्याक जडान गरिएको छ, जसले सिंगल चार्जमा ४०१ किलोमिटरसम्मको (CLTC मापदण्ड अनुसार) लामो रेन्ज दिन्छ। साथै, नेपालका कठिन सडकहरूका लागि उपयुक्त २१० मिलिमिटरको उत्कृष्ट ग्राउन्ड क्लियरेन्स, आधुनिक फिचर्स र उच्च कार्यसम्पादनकै कारण यो नेपाली इभी  पारखीहरू माझ लोकप्रिय बन्दै गएको छ।

बजेटपछिको मूल्यवृद्धिको असरबाट बच्दै आकर्षक बचतसहित नयाँ गाडी घर लैजाने यो अन्तिम अवसर भएको कम्पनीको भनाइ छ। सीमित स्टक मात्र बाँकी रहेकाले यस आकर्षक योजनाको फाइदा उठाउन इच्छुक ग्राहकहरूलाई ढिला नगरी देशभर रहेका आईकौरका शोरुम वा आधिकारिक विक्रेताहरूसँग तुरुन्त सम्पर्क राख्न एसपीजी अटोमोबाइल्सले आग्रह गरेको छ।

1

Scroll to Top