Banijya News

दैनिक २० घण्टा लोडसेडिङ

1
1.0K Shares

सदरमुकामसमेत रहेको सिमकोटमा दैनिक २० घण्टा लोडसेडिङ हुने गरेको छ। जसका कारण यहाँका व्यवसायी मर्कामा परेका छन्। पानीको स्रोत कम भएर उत्पादन थोरै हुँदा लोडसेडिङ भएको हो।
हिल्दुम साना जलविद्युत् आयोजनाले दैनिक २० घण्टा लोडसेडिङ गर्दा व्यवसाय धरापमा परेको फर्निचर व्यवसायी दशरथ रावतले बताए ।
विद्युत् नभएपछि फर्निचरका कामदार खाली बस्नु परेकाले पनि व्यवसाय ठप्प रहेको जानकारी उनले दिए ।

सिमकोटमा फर्निचर व्यवसाय सातवटा भएकोमा लोडसेडिङ बढेपछि ती सबै बन्द छन्। त्यसैगरी मोबाइल मर्मत सेन्टर पनि बत्तीको समस्या भएपछि बन्द गर्नुपरेको नन्द मोबाइल सेन्टरका नन्द सिंहले बताए । दैनिक चार घण्टा बत्ती आउने त्यो पनि बढी समय राति आउने भएका कारण मर्मतका लागि आउने काम फिर्ता पठाउनुपर्ने बाध्यता रहेको जानकारी उनले दिए । हिल्दुम साना जलविद्युत् आयोजनाको पावर हाउसका लागि पानीको स्रोत कमी हुँदा दैनिक लोडसेडिङ समय बढिरहेको वितरण केन्द्रका प्रमुख साजन ऐडीले बताए । गोरखापत्रमा खबर छ ।

1

Scroll to Top