Banijya News

तरुण दलमा भाले भिडन्त, केन्द्रीय समिति बैठकमै हानाहान

160 Shares

नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल तरुण दलमा दुई नेताका समुह बिच को ठूलो भन्ने आभासमा भाले भिडन्त भएको छ । तरुण दलको केन्द्रीय समिति बैठकमा आफ्नौ समुहको हैकम जमाउने शैलीमा भिडन्त भएको हो । बत्तिसपुतलीको अनुपम फुड्ल्याण्डमा बसेको केन्द्रीय समिति बैठक अध्यक्ष विद्धान गुरुङ र सरोज न्यौपाने पक्षबिच जुगाको लडाई शैलीमा कुटाकुट भएको हो ।

तरुण दलमा दुई वटा समूहमा रहेका गुरुङ र न्यौपाने दुबै पाटी सभापति सभापति शेरबहादुर देउवा पक्षका पात्र हुन् । दुबै समुहको सभापति एकै सिद्धान्त एकै संस्था एकै भएपनि दुबै समुह को ठूलो हो भन्ने शैलिमा भाले भिडन्तमा लागेका हुन् । गुरुङ र न्यौपाने समूहबिच विवाद बढ्दै जाँदा केन्द्रीय समिति बैठकमा कुटाकुट भएको एक सदस्यले बताए । गुरुङ समूहका दिल लामालाई न्यौपाने समूहका रोहित लामाले कुटपिट गरेको आरोप लगाइएको छ ।

दुबै समुह केन्द्रीय समितिमै लडाइ गर्नुको कारण भने समाजिक संजालमा स्टाटस लेखेको बहाना रहेको छ । न्यौपानेले तरुण दलको नयाँ कमिटी आएको ३ वर्ष कट्न लागेपनि केही गर्न नसकेको आइतबार स्टाटस लेखेका थिए । अध्यक्ष गुरुङ नेतृत्वको कमिटीले मुद्रा (पौसा) संकलन र जन्मदिनको केक काट्ने बाहेक अरू काम गर्न नसकेको उनको टिप्पणी थियो । आफूलाई तरुण दलको केन्द्रीय सदस्य हो भन्न नि लाज भइसकेको पनि लेखेका थिए । यसैलाई मसला बनाएर सामाजिक सञ्जालमै गुरुङ र न्यौपाने समूहबिच आरोप–प्रत्यारोप चलेको थियो ।


Scroll to Top