Banijya News

प्रधानमन्त्रीले आज राष्ट्रिय सभामा सम्बोधन गर्ने

1
1.1K Shares

प्रधानमन्त्री केपी शर्मा ओलीले आज राष्ट्रिय सभाको बैठकमा ‘नेपालको अतिकम विकसित राष्ट्रबाट विकासशील राष्ट्रमा स्तरोन्नति (एलडिसी ग्र्याजुएसन)’ का बारेमा सम्बोधन गर्ने भएका छन्।

आज दिउँसो हुने बैठकमा विकास, आर्थिक मामिला तथा सुशासन समितिका सभापति कमला पन्तले प्रस्तुत गर्ने ‘नेपालको अतिकम विकसित राष्ट्रबाट विकासशील राष्ट्रमा स्तरोन्नतिसम्बन्धी अध्ययन प्रतिवेदन, २०८१’ माथि छलफल हुनेछ।

सो छलफलमा उठेका विषयमा प्रधानमन्त्री ओलीले जवाफसहित सम्बोधन गर्ने कार्यक्रम रहेको उनको निजी सचिवालयले जनाएको छ।

1

Scroll to Top