निजी विद्यालयहरुको संगठन एनप्याब्सनका केन्द्रीय उपाध्यक्ष कृष्णप्रसाद भुसाल मृत अवस्थामा भेटिएका छन् । कैलालीको गौरीगंगा नगरपालिकामा रहेको बिहानी क्षितिज बोर्डिङ स्कुलका सञ्चालकसमेत रहेका भुसालको शव बिहीबार राति घोडाघोडी नगरपालिका १० पहलवानपुर बजारबाट करिब एक किलोमिटर पश्चिममा फेला परेको कैलाली प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार उनको आँखा, मुख र घुँडामा चोट देखिएको छ । घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक दक्ष बस्नेतले जानकारी दिए ।
स्थानीय बासीले भने उनको हत्या भएको भन्दै दोषीलाई पक्राउ गर्न माग गरेका छन् । भुसालको हत्या भएको आशंकमा दुई जनालाई नियन्त्रणमा लिएर प्रहरीले सोधपुछ गरिरहेको छ ।


