Banijya News

हेलिकप्टर दुर्घटनामा च्याम्पियन ब्रायन्टको निधन

1
1.1K Shares

१३ माघ, २०७६, काठमाडौं
आइतबार हेलिकप्टर दुर्घटनामा एनबीए च्याम्पियन एनबीए लेजेन्ड कोबी ब्रायन्टको निधन भएको छ । अमेरिकी मिडियाले जनाए अनुसार उनी चढेको हेलिकप्टर लस एन्जलसको पूर्वी भागमा दुर्घटनाग्रस्त भएको थियो ।
हेलिकप्टरमा चालकदलका सदस्यसहित ९ जना रहेका थिए । दुर्घटनामा ब्रायन्टकी १३ वर्षीया छोरी जियाना पनि परेकी छन् । दुर्घटना बिहानको हुस्सुको कारणले भएको हुन सक्ने लस एन्जलस प्रहरीले जनाएको छ ।
ब्रायन्टले सन् १९९६ मा आफ्नो खेल जीवन सुरु गरेर सन् २०१६ मा खेलकुदबाट सन्यास लिएका थिए ।
उनि पाँच पल्टका एनबीए च्याम्पियन हुन् ।

1

Scroll to Top