Banijya News

अक्सिडेन्टल पब्लिक स्कुलको खेलकुद कार्यक्रम सम्पन्न

1
1.1K Shares

०२ फागुन, काठमाण्डौ ।
अक्सिडेन्टल पब्लिक स्कुलको वार्षिक खेलकुद कार्यक्रम सम्पन्न भएको छ । ज्ञानेश्वरस्थित सानो गौचरणमा भएको कार्यक्रमलाई दुई भागमा विभाजित गरिएको थियो । प्रथम चरणको कार्यक्रम प्राध्यापक टेक बहादुर पौडेलको सभापतित्वमा सम्पन्न भएको थियो ।
उक्त कार्यक्रमका प्रमुख अतिथि राष्ट्रिय खेलकुद परिषदका उपाध्यक्ष पीताम्बर तिम्सिनाले दक्षिण एसियामा नेपालले खेलकुदको क्षेत्रमा चुनौती प्रस्तुत गरेको उल्लेख गर्दै विद्यालय नै खेलकुदको आधारभूमि हुनुका साथै अन्य विभिन्न क्षेत्रमा खेलकुद अनिवार्य भएको स्पष्ट पारेका थिए ।


कार्यक्रममा स्वागत मन्तव्य व्यक्त गर्दै विद्यालयका निर्देशक डी.बी निरौलाले विद्यार्थीहरुको चौतर्फी विकासका लागि यस्तो खेलकुदको आयोजना प्रत्येक वर्ष विद्यालयले गर्दै आएको कुरा व्यक्त गरे ।


त्यस्तै कार्यक्रमका सभापति पौडेलले कक्षा कोठाको सीमित ज्ञान भन्दा यस्तो कार्यक्रमले नै विद्यार्थीको मानसिक तथा शारीरिक विकास छिटो हुने कुरा उल्लेख गरेका थिए ।


कार्यक्रममा फुटबल, क्रिकेट, कराते, दौड, खो.खो, कपर्दी, बासकेटबल, चम्चा रेस, रस्सी तानातान जस्ता रोचक खेल प्रस्तुत गरिएको थियो । खेलमा विजेता टिम तथा विद्यार्थीलाई मेडल, ट्रफी, प्रमाणपत्र तथा शिल्ड प्रदान गरिएको थियो ।

1

Scroll to Top