असोज १२, काठमाडौं ।
यूएईमा जारी १३औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटमा रोयल्सले किंग्स इलेभेन पञ्जाबलाई ४ विकेटले पराजित गरेको छ । आइतबार भएको खेलमा पन्जाबले दिएको २२४ रनको फराकिलो लक्ष्य पछएको राजस्थानले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १२६ रन बनायो ।
राजस्थानलाई जित दिलाउने क्रममा सन्जु सामसनले ४२ बलमा ८५ रन बनाए भने राहुल टेवातियाले ३१ बलमा ५३ रन बनाए । त्यस्तै कप्तान स्टिभ स्मिथले २७ बलमा ५० रन बनाए । त्यसैगरी जोफ्रा अर्चरले ३ बलमा १३ रन तथा रोबिन उथाप्पाले ४ बलमा ८ रन बनाए ।
पञ्जाबका बलर मोहमद सामीले ३ विकेट लिए भने शेल्डन कोट्रेल, जेम्स नीशाम र मुरुगन आश्विनले एक एक विकेट लिए । यसअघि टस हारेर पहिला ब्याटिंग गरेको पञ्जाबले २० ओभरमा २ विकेट गुमाउदै २२३ रन बनाएको थियो ।
पञ्जाबका लागि मयंक अग्रवालले १०६ रन बनाए । मयंकले ५० बलमा १० चौका र ७ छक्कासहित १०५ रन बनाएका हुन् । मयंकको यो शतक यस सिजनको आइपिएलको दोस्रो शतक हो । यस अघि पञ्जाबकै कप्तान केएल राहुलले सनराइजर्स हैदरावादविरुद्ध सतक प्रहार गरेका थिए ।
त्यस्तै यस खेलमा केएल राहुलले ५४ बलमा ६९ रन बनाए भने निकोलस पुरनले ८ बलमा २५ र ग्लेन म्याक्सवेलले ९ बलमा १३ रन बनाएका थिए । पहिलो विकेटका लागि मयंक र कप्तान राहुलबीच १८३ रनको साझेदारी भएको थियो । राजस्थानका बलर अंकित राजपुत र टम कुरानले एक एक विकेट लिएका थिए । यस खेलमा ४२ बलमा ८५ रन बनाएका राजस्थानका सन्जु सामसन प्लेयर अफ द म्याच बनेका थिए । आइपिएल अन्तर्गत आज मुम्बई इण्डियन्स र रोयल च्यालेन्जर्स बैंगलोरबीच खेल हुदै छ ।


