Banijya News

ग्लोबल आइएमइको नारी बचतमा तीज विशेष छुट योजना

1
1.1K Shares

ग्लोबल आइएमई बैंकले हिन्दू महिलाको महान चाड हरितालिका तीजलाई लक्षित गर्दै नारी बचत खातामा विशेष छुट योजना ल्याएको छ । नारी बचत खातामा पहिलो वर्ष मोबाइल बैंकिङ र भाइबर बैंकिङ सेवा निःशुल्क रूपमा उपलब्ध बैंकले जनाएको छ । साथै इन्टरनेट बैंकिङ, भिसा डेबिट तथा क्रेडिट कार्ड जारी गर्दा लाग्ने शुल्कमा शतप्रतिशत छुट, एक वर्षसम्म ब्यालेन्स सर्टि्फिकेट जारि गर्दा लाग्ने शुल्क तथा लकर सुविधा लिँदा लाग्ने शुल्कमा शतप्रतिशत छुटको व्यवस्था रहेको बैंकले एक विज्ञप्ति जारी गर्दै जानकारी दिएको छ । त्यस्तै, यस योजनाअन्तर्गत नारी बचत खाताभएका ग्राहकले बैंकबाट कर्जा लिँदा लाग्ने कर्जा प्रवाह शुल्कमा ०.२ प्रतिशत छुट दिने बैंकले जनाएको छ । बैंकले हालै आयोजित तीज विशेष कार्यक्रमा उक्त योजना घोषणा गरेको हा े। यो योजना एक महिनाको लागि लागू रहने छ । हाल बैंकले आफ्ना १४२ शाखा, ३० वटा एक्टेन्सन तथा राजश्व संकलन काउण्टर, १८४ शाखा रहित बैंकिङ सेवा, १४८ एटीएम र ३ वटा अन्तर्रा्ष्ट्रिय सम्पर्क कार्यालयमार्फत ११ लाख भन्दा बढी ग्राहकलाई सेवा प्रदान गर्दै आएको बैंकले जनाएको छ ।

1

Scroll to Top