१८ कात्तिक, काठमाडौं
एसियाली विकास बैंक (एडीबी)ले नेपालको कृषि तथा खाद्य सुरक्षा सुधारका लागि पाँच अर्ब रुपैयाँ बढी ऋण सहयोग स्वीकृत गरेको छ । नेपालको खाद्य सुरक्षा सुधार एवं कृषिको व्यावसायीकरणका लागि पाँच करोड अमेरिकी डलर ऋण सहयोग स्वीकृत गरेको एडीबीको नेपालस्थित कार्यालयले जानएको छ ।
नेपालको अर्थतन्त्रमा कृषि क्षेत्रको अहं भूमिका रहँदै आएको छ । यसको सम्भावना पनि प्रशस्त छ । दक्षिण एसिया क्षेत्रमा नेपालको कृषि क्षेत्रमा न्यून उत्पादकत्व रहेकाले यसमा सुधारका लागि सहयोग गर्न लागि ऋण सहयोग गरेको हो ।


