Banijya News

आज फाल्गुनन्द जयन्तीः किरात धर्मावलम्बीहरुका लागि बिदा

1
1.0K Shares

२५ कात्तिक, २०७६ । काठमाडौं । आज किरात धर्मावलम्बीका महागुरु फाल्गुनन्दको १३५औं जन्मजयन्तीको अवसरमा विविध कार्यक्रम गरी मनाइँदैछ । उनी वि सं १९४२ कात्तिक २५ गते इलामको पश्चिमी क्षेत्र चुक्चिनाम्बामा जन्मिएका थिए । फाल्गुनन्दले समाज सुधारमा गरेको योगदानलाई महत्वपूर्ण रुपमा लिइन्छ ।


महागुरु फाल्गुनन्दको पहलमा पाँचथरको चोकमागुमा वि.सं. १९८८ मा गरिएको बृहत् भेलाले गरेको ‘सत्यधर्म मुचुल्का’ नामक निर्णयमा छोरीचेलीलाई छोरा समान शिक्षा, अंश दिनुपर्ने, बलि प्रथा अन्त्य गर्नुपर्ने, आत्मनिर्भर बन्न स्वदेशी उत्पादनमा जोड दिनुपर्ने कुरा उल्लेख छ ।


उनले समाज सुधार र धार्मिक कार्यमा पुर्याएको योगदानको उच्च कदर गर्दै सरकारले राष्ट्रिय विभूतिको रुपमा सम्मान गरेको छ । साथै, कात्तिक २५ मा किरात धर्मावलम्बीहरुका लागि बिदा समेत दिने निर्णय गरेको छ ।

1

Scroll to Top