Banijya News

नेपाल क्लियरिङ्ग हाउसको मुनाफा २३ करोड भन्दा बढी

1
1.1K Shares

२६, कात्तिक २०७६, काठमाडौं । नेपाल क्लियरिङ्ग हाउस लिमिटेडको हालै भएको आठाँै वार्षिक साधारण सभामा कम्पनीको चुक्ता पूँजी २१.६ करोड रहेकोमा ३८५ बोनस शेयर वितरण गरी २९.८ करोड पुर्याउने निर्णय संगै बोनस शेयर ट्याक्स प्रयोजनका निम्ती २५ नगद लाभांश पनि वितरण गर्ने निर्णय गरेको छ ।

आ.व. २०७५÷७६ मा कम्पनीले खुद नाफा २३ करोड ७७ लाख ३५ हजार ७ सय ८६ गरेको छ ।
कम्पनीले आफ्नो भुक्तानी प्रणालीहरु मार्फत आ.व. २०७५÷७६ मा कुल ९२ खर्ब बराबरको भुक्तानी कारोबारहरु राफसाफ गरेकोमा दैनिक औसत कारोवार ६७ हजार ४ सय ७९ रहेको थियो जुन औसत दैनिक रकम ३६.८५ अर्ब रहेको थियो ।

1

Scroll to Top