सत्य निरूपण तथा मेलमिलाप र बेपत्ता पारिएका व्यक्तिहरूको छानबिन आयोगमा सिफारिस गरिएका पदाधिकारीहरूको नाम सार्वजनिक गरेको छ । पदाधिकारी चयन गर्न आइतबार बसेको सिफारिस समितिको बैठकले सोमबार दुई आयोगका अध्यक्ष तथा सदस्यहरूमा सिफारिस ६१ जनाको नाम सार्वजनिक भएको हो । अध्यक्षका लागि १३ जनाको नाम सिफारिस गरिएको छ । आयोगमा सिफारिसमा परेका नामहरूको विषयमा कुनै प्रतिक्रिया भए पाँच दिनभित्र सिफारिस समितिले भनेको छ ।


