Banijya News

लगातार तेस्रो पटक पुरस्कृत भयो सिटिजन्स बैंक

1
1.1K Shares

१७, मंसिर, २०७६, काठमाण्डौ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडलाई साउथ एशियन फेडेरेशन अफ एकाउन्टेन्ट (साफा) द्वारा मंसिर १४ गते बंगलादेशको ढाकामा आयोजित एक समारोहमा पुरस्कृत गरिएको छ ।
साफाद्वारा बैंक लगातार तिन वर्ष देखि पुरस्कृत हुदै आएको छ । प्राइभेट सेक्टर बैंक विधामा बैंकले सर्टिफकेट अफ मेरिट प्राप्त गरेको छ । बैंकलाई साफा वेस्ट प्रिजेन्टेड एन्युअल रिपोर्ट अवार्ड एण्ड सार्क एनिभर्सरी अवार्ड फर कर्पोरेट गभर्नेन्स डिस्क्लोजरस २०१८ बाट पुरस्कृत गरिएको हो ।
सार्क क्षेत्रमा क्रियाशील रहेका व्यावसायिक लेखा निकायहरूको छाता संगठनको रूपमा स्थापित साफाले हरेक वर्ष दक्षिण एसियामा प्रकाशित वार्षिक प्रतिवेदनहरुको मूल्यांकन गरी विभिन्न विधामा पुरस्कार वितरण गर्दै आईरहेको छ । साफाले यो पुरस्कार वार्षिक लेखा प्रतिवेदनमा समावेश भएका उद्देश्य, जोखिम व्यवस्थापन, लेखा सम्बन्धि टिप्पणी, पारदर्शिता, जवाबदेहीता, संस्थागत सुशाशन, तथा अन्य डिस्क्लोजरका आधारमा मूल्यांकन गरी उत्कृष्ट छनौट भएको वार्षिक प्रतिवेदनलाई दिने पुरस्कार हो ।

1

Scroll to Top