Banijya News

सेजन अवार्डबाट दुई पत्रकार सम्मानित

1
1.1K Shares

काठमाडौं : यस वर्षको सेजन अवार्ड पत्रकार मात्रिका दाहाल र पत्रकार केदार दाहालले प्राप्त गरेका छन्। सेजनले हरेक वर्ष स्थापना दिवसमा छापा माध्ययमबाट उत्कृष्ट समाचार लेख्‍ने एकजना र विद्युतीय माध्‍यमबाट उत्कृष्ट समाचार लेख्‍ने एकजनालाई अवार्ड दिँदै आएकोमा यस वर्ष दुई दाहाल पत्रकारले पुरस्कार पाएका हुन्।  उनीहरूलाई अवार्डसहित ५०/५० हजार पुरस्कार दिइएको हो।  त्यस्तै एक लाख रुपैयाँ राशिको स्वर्गीय सञ्जय न्यौपाने पत्रकारिता फेलोसिप रमेशकुमार न्यौपानेले पाएका छन् भने २५ हजार रासीको हाइड्रो फेलोसिप अन्‍नपूर्ण दैनिकका राजु बास्कोटाले प्राप्त गरेका छन्।  सेजनले लामो समयदेखि आर्थिक पत्रकारितामा कमल चलाइरहेका ४ जनालाई सम्मान गरेको छ। जसमा गोरखापत्र दैनिकका जुनारबाबु बस्‍नेत, सञ्‍चारिकाकी अध्यक्षसमेत रहेको पत्रकार नितु पण्डित, सेजनका संस्थापक रामप्रसाद दाहाल र सुनाखरीका सम्पादक शिव दुवाडीलाई सम्मान गरिएको छ। 

1

Scroll to Top