आइतवार २२, मंसिर २०७६ चितबन
चितबनको भण्डरा मलेखु चेपाङ पहाडी मार्गमा भएको अटो दुर्घटनामा परी ५ जनाको मृत्यु भएको छ । राप्ती नगरपालिका–४ बाट भण्डराको चौकी डाँडा जाँदै गरेको ना १ ह ६४०९ नम्बरको अटो रिक्सा अनियन्त्रित भएर पल्टिए उक्त दुर्घटना भएको हो । अटोमा ६ जना सवार थिए । दुर्घटनामा परी गम्भीर घाइते भएकाहरुको उपचारका क्रममा मृत्यु भएको हो । मृत्यु हुनेमा पर्वत कुस्मा पिपलटारीका ३५ वर्षीय श्यामप्रसाद तिवारी रहेका छन् । अन्य चार जनाको शनाखत हुन नसकेका हो । सिट क्षमता भन्दा बढी मान्छे राख्ने र कच्ची र उकालो घुमाउरो सडकम बढी दुर्घटना हुने गरेको चितवन जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।


