Banijya News

गौरिकाको तेस्रो स्वर्ण, बन्यो नयाँ इतिहास

1
1.1K Shares

नेपाली जलपरीको उपमा पायकी गौरिका सिंहले दक्षिण एसियाली खेलकुद (साग) तेस्रो स्वर्ण जित्दै नयाँ इतिहास इतिहास बनाएकी छिन् । यससँगै उनी सागको एउटै संस्करणमा तीन स्वर्ण जिच्त्ने पहिलो नेपाली खेलाडी बनेकी छन् । १३औं सागको पौडी अन्तरगत ४०० मिटर फ्री स्टाइलमा उनले स्वर्ण जितेकी हुन् । सातदोबाटोस्थित पौडी पोखरीमा उनले निर्धा्रित दुरी ४ मिनेट २५.२८ सेकेण्डमा पुरी गरिन् । ४ मिनेट २६.२२ मिनेटमा निर्धा्रित दुरी पार गरेकी भारतकी सिभांगी शर्माले रजत र ४ मिनेट ४१.९१ मा दुरी पार गरेकी श्रीलंकाकी रमुदी नुरालाले काश्य जितेकी छन् ।
उनले २०० मिटर फ्री स्टायल र ब्याकस्ट्रोकमा स्वर्ण जितेकी थिइन् । यस्तै १०० मिटर ब्याकस्ट्रोकमा रजत पदक जितेकी छन् भने महिला ४ सय मिटर फ्री स्टायलमा गौरिकासहितको टिमले काश्य जितेको छ ।

1

Scroll to Top